काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा पराजय भोगे लगत्तै अब बन्ने सरकारमा आफु मन्त्री बनेर नजाने घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थार्पा ३९ मतान्तरले पराजित भएका थिए । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने घोषणा गरेका हुन्।
उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने कुरा अहिले गर्नु हुन्न, म गर्दिनँ ।’




















