काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
८९ जना सांसदहरुले मतदान गर्दा पारजित भएका थापाले २५ मत पाएका थिए भने विजयी भएका देउवाले ६४ मत पाएका थिए ।
सुत्केरी भएर भर्ना भएका सांसद माया राईले भने अस्पतालबाटै भोट हालेकी थिईन । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।




















