काठमाण्डौं । आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएर उच्च पहाडी क्षेत्रमा हिमपात र अन्य केही क्षेत्रमा सामान्य बर्षा हुने अनुमान गरिएको हो । अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ ।
आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको १–२ ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू–भागका १–२ क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।
बुधबार पनि मौसममा समान्य बदली हुने सम्भावना छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ ।


