एजेन्सी । विषाक्त मदिरा पिउदा पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रक्सी प्रतिबन्धित रहेको उक्त क्षेत्रमा बिषाक्त मदिरा पिउदा ६० भन्दा बढी मानिसको मृत्युभएको विभिन्न सञ्चार माध्यामले लेखेका छन् ।
भारत सरकारले थुप्रै स्थानहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । तर पनि पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ र ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउदा उक्त घटना भएको हो ।
त्यस्ता रक्सी पिउनेहरु मध्ये धेरै जसोको पेट दुख्ने र दृष्टि गुम्ने तथा वान्ता हुने गरेको भारतीय सञ्चार माध्यामले जनाएको का छ । बिहीबारसम्म २० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै १ दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।
गएको ४८ घण्टामा २ दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएको पनि प्रहरी अधिकारीले एएफपीलाई बताएको पनि जनाइएका छन् । अहिलेसम्म ३७ जनाको ज्यान गएको छ । उनले ६२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन् ।
प्रहरीले पछिल्लो ३ दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न १ सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ । स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् ।



