धनुषा । धनुषाको ललियामा धान कुट्ने मिलको फित्तामा बेरिएर आज १ जना महिलाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको मिलको फितामा बेरिएर बिहीबार बिहान मृत्यु भएको धनुषा प्रहरीले पुष्टी गरेको छ ।
धान कुटाउने क्रममा मिलको फितामा साडी र बर्को बेरिदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरी चौकी ललियाले जानकारी दिएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट प्रहरी परिचालन गरिएको थियो । घटना पछि धान कुट्ने मिलका व्यक्तिहरूको फरार भएकोले खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।


