काठमाण्डौं । रामचन्द्र पौडेललाई जापानले आज राजकिय सम्मान गर्ने भएको छ । पौडेललाई पहिलो दर्जाको ‘अर्डर अफ द राइजिङ सन’बाट सम्मानित गर्न लागेको हो ।
जापानले पहिलो दर्जाको ‘ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ सम्मान यसअघि नै पौडेललाई दिने घोषणा गरेको थियो ।
सोही सम्मान बिहीवार जापानले पौडेललाई प्रदान गर्न लागेको हो । पौडेललाई विशेषत पूर्व सभामुखको हैसियत र त्यसपछि सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गर्न लागेको हो ।


