काभ्रे । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा. ३ ख ४५८५ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिमा रहेको बस सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
दुर्घटनामा परी घटनास्थलमा ३ जना र अस्पतालमा उपचारको क्रममा १४ जना गरी १७ जनाको मृत्यु भएको हो ।
ब्रतबन्ध कार्यक्रममा सहभागी भएर पनौती फर्कदै गरेका स्थानीयहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परि अन्य केही मानिस गंभिर घाईते भएका कारण मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।




















