काठमाण्डौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबीच आज भेटवार्ता भएको छ ।
टोखा स्थित डा.भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंकगणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो ।
बिहीबार बिहान भएको भेटमा दुवै जना त्रि करिब १ घन्टा ३० मिनेटसम्म छलफल भएको थियो । छलफलमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधाधारणा तयार गरी सहकार्यको साथ अगाडि बढ्ने समझदारी भएको बताइएको छ ।




















