काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी बिच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट पुगेको स्रोतले जनाएको छ । भेटका क्रममा दुवै जना बिच समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको थियो ।
जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।


