एजेन्सी । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चएन भएकी छिन् । डिना बोलुआर्ते पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएकी हुन् ।
पेरुको राजनैतिक इतिहासमा यो नै पहिलो महिला राष्ट्रपति हुन् । यस अघि उपराष्ट्रपति रहेकी डिना भूतपूर्व राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएको केही घण्टामै राष्ट्रपति चुनिएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ ।
भूपू राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना बाहिरिएसँगै पेरुमा आपतकालीन संसद बैठक बोलाइ पेड्रोलाई महाअभियोगसँगै पदमुक्त गरिएको थियो । हाल पेड्रो हिरासतमा छन् । डिना आगामी २०२६ सम्म पेरुको राष्ट्रपति रहने छिन् ।
पेरुमा नाटकिय रुपमा राजनैतिक घटनाक्रमको विकास भएको बीबीसीले उल्लेख गरेको छ । पेड्रोले बुधवार राष्ट्रपतिबाट पदमुक्त हुनुअघि राष्ट्रिय टेलिभिजन मार्फत संकटकाल लागू गर्ने र संसद भंग गर्ने घोषणा गरेका थिए ।
पेड्रोको उक्त घोषणा गरेपछि पेड्रोको आलोचना गर्दै धेरै मन्त्रीहरुले राजीनामा समेत दिएका थिए ।
उक्त घटनाक्रमपछि पेरुमा संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरिएको थियो । मतदानमा महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद थिए । १० सांसदहरु भने मतदानमा सहभागी नभएको बीबीसीले जनाएको छ ।




















