×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित ‘१७ औं प्यावसन स्पोर्टस मिट २०७९’ यहि मंसिर २५ देखि २९ गते सम्म पोखरामा हुने भएको छ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन, कास्कीले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी १७ औं संस्करणको प्यावसन स्पोर्टस मिट हुने भएको जनाएको हो ।

    स्पोर्टस मिट अन्तर्गत कक्षा १ र १० सम्मका विद्यार्थीहरू बिच छात्र सिनियर तथा जुनियर फुटबल, छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा टेबल टेनिस, छात्र÷छात्रा एथलेटिक्सहरु आयोजना हुने प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् ।

    १७ औं संस्करणको प्यावसन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

    उक्त प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा दौड जस्ता इभेन्टस्हरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन अध्यक्ष पौडेलले बताए ।

    प्रतियोगिता अन्तर्गत जुनियर फुटबलतर्फ ५६ टिम, सिनियर फुटबलतर्फ ६९, भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता हुनेछ ।

    त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्यावसन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

    १७ औं प्यावसन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै अध्यक्ष पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिएका छन् । यहि मंसिर २० गतेबाट अनौपचारिक रुपमा सिनियर तथा जुनियरतर्फका फुटबल प्रतियोगिता आयोजना हुने बताउँदै फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा हुने प्यावसन कास्कीले जनाएको छ ।

    प्याब्सन कास्कीले आयोजना गदै आएको यस खेलकुद प्रतियोगिताले विगतदेखि नै प्याब्सन कास्कीको मात्र नभएर सिङ्गो कास्की जिल्लाको खेलकुद क्षेत्र र खेलकुदको विकासमा विशेष महत्त्व राख्दै राष्ट्रिय खेलाडीहरू उत्पादनमा आधारको रूपमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको प्यावसन कास्कीका प्रमुख सल्लाहकार तथा केन्द्रिय सदस्य प्रेम प्रसाद पौडेलले बताए । उनले सबै खेलहरुमा सुरक्षाको प्रत्यभुति हुने गरी प्रतियोगिताहरु आयोजना गरिएको बताउँदै सुरक्षा नै पहिलो प्राथमिकता रहेको उनको भनाई थियो ।

    पत्रकार सम्मेलनमा प्यावसन कास्कीका सचिव पुष्पराज पराजुलीलगायतले स्पोर्टस मिटको विविध पक्षबारे जानकारी गराएका छन् । सचिव पराजुलका अनुसार उद्घाटनका अवसरमा ५० वटा विद्यालयका छात्र–छात्राहरुले मार्च पास गर्नेछन् ।

    प्याब्सन कास्कीसँग कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेका छन् ।

    यसै विच प्रतियोगिता सफल बनाउन वरिष्ठ उपाध्यक्ष उमा लामिछानेको संयोजकत्वमा विभिन्न १७ वटा समिति गठन गरिएको प्यावसन कास्कीले जनाएको छ । स्पोर्टस मिटको संरक्षकमा मथुरा प्रसाद पौडेल, न्याययिक समितिको संयोजकमा बिर बहादुर बुढाथोकी, आर्थिकमा बेद प्रसाद बस्ताकोटी, कार्यालय व्यवस्थापनमा पुष्पराज पराजुली, मार्च पासमा विधान गौतम, स्टेज व्यवस्थापनमा मोहन पौडेल, निमन्त्रणातर्फ उपाध्यक्ष विष्णु तिमिल्सिना, स्वागत तथा सत्कारमा मथुरा प्रसाद पौडेल, फुटबल आयोजनातर्फ जगत थापा र विष्णु जिशी, भलिवल समितिको संयोजकमा नविन बराल, एथेलिक्सतर्फ राम गुरुङ, कक्षा ११–१२ बास्केटबलतर्फ रामचन्द्र पौडेल, टेबुल टेनिसतर्फ शेर बहादुर क्षेत्री, शुरक्षातर्फ दिवाकर जैशी, स्वास्थ्यतर्फ टेक नारायण पौडेल, खानेपानी व्यवस्थापनतर्फ शिव गौतम र सुपरिवेक्षणमा दिनेश कुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।

     

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.