मुग्लिन । गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मुग्लिन देखि नारायणगढ तर्फ जादै गरेको बा. २ ख ७४६२ नम्बरको टिपर चितवनको इच्छाकामना गाउँपालिका–६ को ३ नम्बरपुलमा दुर्घटना हुदा चालकको घटना स्थलमा नै मृत्यु भएको हो ।
टिपर सडकबाट १५० मिटर तल त्रिशुली किनारमा खसेर दुर्घटना मुग्लिन प्रहरीले जानकारी दिएको छ ।
सोमबार राती भएको दुर्घटनामा परी धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका–१० का ४२ बर्षिय सन्तबहादुर राइको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जीत तामाङ्ले जानकारी दिएका हुन् ।




















