काठमाण्डौं । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले युवककै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।
गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित युवकको घरमा पुगी आफ्नो शरीरमा प्रज्वलन शिल पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
काठमाण्डौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार विवाह रद्व भए पछि युवतीले युवकको घरमा पुगेर आत्मदाह गरेकी थिइन ।
प्राप्त पछिल्लो जानकारी अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच सहमतीमा नै मगती (इन्गेजमेन्ट) भएको थियो ।
केही दिनअघि मात्र मगनी टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् । पारिवारिक स्रोतका अनुसार सहमतिमै उनीहरूको मगनी भएको बताइएको थियो ।
घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । जाहेरी परे लगत्तै सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।



