काठमाण्डौं । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार माथि पुगेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट हालसम्म ४२ हजार ७ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
बागमती प्रदेशमा साउन यतादेखि हालसम्म डेंगुबाट संक्रमितको संख्या ४२ हजार ७ पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेंगुबाट सबैभन्दा बढी प्रभावित काठमाण्डौं र सबैभन्दा कम रसुवा रहेको छ । काठमाण्डौंमा ११ हजार १२७ डेंगुुका बिरामी फेला परेका छन् । भने रसुवामा ११ जना डेंगु संक्रमित फेला परेका छन् ।
डेंगु संक्रमणबाट ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८२२, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १ हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७३, सिन्धुलीमा १७० र दोलखामा १०४ जना बिरामी भएको निर्देशनालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । काठमाण्डौंका ७ जना, सिन्धुली र रामेछापका ३–३ जना, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका २–२ जना र धादिङका १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


