काठमाण्डौं । डा.बावुराम भट्टराईले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई भेटेपछि हिजो सिंहदरबारमा औला उठाउनेहरु आज गलत सावित भएको बताएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराईले अध्यक्ष राउत र अन्य पदाधिकारीसँग भेटघाट गरे पछि यस्तो कुरा बताएका हुन ।
डा.भट्टराईले सामाजिक सञ्जालमा फोटो राख्दै राउत उनका पार्टीका पदाधिकारी संग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा आफूले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उनलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत सावित भएकोमा खुशी समेत व्यक्त गरेका छन् ।
‘मैले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत सावित भएकोमा खुशी’, डा.भट्टराईले सोमबार ट्वीटमार्फत भनेका छन् ।



