साँकेतिक तस्बिर
गोरखा । लघु बित्तिय संस्थाहरुले महिला माथी बित्तिय शोषण गरेको भन्दै त्यसो नगर्न नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले चेतावनी दिएको छ ।
जिल्ला समिति गोरखाले आइतबार एक बिज्ञप्ती जारी गर्दै महिला माथी हुने त्यस्ता शोषण तत्कालै बन्द नगरे संघर्षमा उत्रने चेतावनी दिएको हो ।
जिल्ला ईन्चार्ज कमल खडका र संयोजक नवराज ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘अहिले नेपालको गाउँदेखी सहरसम्म लघुबित्तिय संस्थाद्वारा नेपाली दिदी बहिनीलाई विभिन्न आवश्वासन दिई समूह सदस्य बनाई दिदी बहिनीहरुलाई चर्को ब्याज लगाई आर्थिक शोषण गरिरहेको’ भनिएको छ ।
बहुमतले जारी गरेको विज्ञप्तीमा ७७ जिल्ला रहेको लघुबित्तिय संस्था ५८ लाख महिलाहरु आवद्व रहेको भन्दै त्यस मध्ये पनि ३३ लाख ३ हजार महिलालाई ९१ अबर ७५ करोड रुपैयाँ लगानी गरेर त्यसबाट आर्थिक शोषण गरेको आरोप लगाईएको छ । ‘ब्याज, पेन्सन बचत, बैठक शुल्क, जरिवाना लगायताका विभिन्न शिर्षकमा दिदी बहिनीहरु ठगिदै आएको’ भन्दै नेकपा बहुमतले ‘लघुबित्तिय संस्थाका कारण कयौ दिदी बहिनीहरुले आत्महत्या गरेका छन् भने कैयौं दिदी बहिनीहरु घरबार बिहिन हुनु परेको’ समेत आरोप लगाएको छ ।
बहुमतले बिज्ञप्ती मार्फत भनेको छ, लघुबित्तिय संस्थाहरुलाई वित्तिय शोषण बन्द गर्न कडा चेतावनी गर्दछौ र लघुबित्तिय शोषणका बिरुद्वको संघर्षमा सहभागि हुन गोरखा बासी आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ समेत भनेको छ ।




