गोरखा । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेका छन् ।
शुक्रबार बिहान १०ः४५ बजेतिर धुलिखेलस्थित आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
आत्महत्या गर्ने घिमिरे काठमाण्डौ मातातीर्थका स्थायी बासिन्दा रहेका प्रहरीले पुष्टी गरेको छ ।
कार्यालयको छतमा रहेको ट्रस्टको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको जोशीले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।


