×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

म्यादी प्रहरी मायाको हत्या, नेहा गम्भीर घाइते, गाउँकै शसत्र प्रहरी माथि आशंका

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महेन्द्रनगर । बैतडी जिल्लामा २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ ।

    बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा माया घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी छिन् ।

    मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन् । उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जानेभन्दै निस्केका थिए । उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो ।

    खोजीकार्यका क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् । घाइते नेहाकाे हाल उपचार भइरहेको छ ।

    अपराधमा संलग्नलाई पत्ता लगाउन घटनाको सुक्ष्म तरिकाले अनुसन्धान सुरू गरिने प्रहरी निरीक्षक जोशीले बताएका छन् ।

    लुगा सिलाउन हिँडेका माया र नेहा कुलाउ गएका थिए । कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदै हुन् ।

    नेहा घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटेर हत्या भएको गाउँलेहरूलाई बताएकी छिन् । गाउँलेहरूले प्रहरीलाई खबर गरेपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटिएको थियो ।

    मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको थियो । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।

    माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छिन् ।

    घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आशंका गरेका छन् ।

    ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए । केही दिनअघि कुलाउमा सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् ।

    ती सशस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताएका छन् ।

    ‘सशस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र अहिले उनी फरार रहेकाले आशंका बढेर गएको छ’, वडाध्यक्ष चन्दले भनेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाएको बताएका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.