सुनसरी । हालै सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहेको कार्कीले एमाले नेता जगदीशप्रसाद कुसियैतलाई ११२ मतले हराउँदै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कार्कीले २०७४ सालको निर्वाचनमा पनि सुनसरी क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गएका थिए ।


