एजेन्सी । चीनका पूर्वराष्ट्रपति जियाङ जमीनको निधन भएको छ । बीबीसीका अनुसार उनको ९६ वर्षको उमेरमा बुधबार दिउँसो संघाइमा मृत्यु भएको हो ।
रक्त क्यान्सरबाट पिडित जियाङको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जियाङ सन् १९८९ देखि २००४ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव भएका थिए । उनले सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । राष्ट्रपति भएकै बेला उनी सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए ।
सन् १९८९ मा भएको तियानमेन स्क्वायर नामक आन्दोलनबाट जियाङ राजनीतिमा उदाएका थिए ।उनी नेतृत्वको चिनियाँ सरकारले नै अर्थव्यवस्थालाई मजबुत बनाएको थियो । त्यसबेला सीपीसीले सत्तामा समेत कडा पकड बनाएको थियो ।


