साँकेतिक तस्बिर
बर्दिया । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेत भएको बर्दिया प्रहरीले पुष्टी गरेको छ ।
उनले आफ्नै २६ वर्षीया श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बोधराजको कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


