सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भएका छन् ।
१६ हजार ५९१ मतसहित कुशवाहाले जित हात पार्दा निकटतम् प्रतद्विन्द्वी नेकपा (एमाले) का गणेशप्रसाद प्रसाईँले १५ हजार १६६ मत प्राप्त गरेका थिए ।
त्यस्तै सर्लाही ३ (२) मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सञ्जयकुमार यादव पुनः विजयी भएका छन् । उनले १३ हजार १९० मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले ८ हजार ३४८ मतमात्र प्राप्त गरेको निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले बताए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले ८ हजार ३५ मत प्राप्त गरेका थिए ।
जिल्लामा ३ प्रतिनिधिसभा र ७ प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।


