साँकेतिक तस्बिर
भक्तपुर । चाँगुनारायणको कलमसीमा आपसी झडपमा उत्रिएका १ जनाको मृत्यु भएको छ । भक्तपुर प्रहरीले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै–झगडा भई कुटपिट हुँदा १ जनाको मृत्यु भएको हो ।
मुत्यु हुनेमा कुमाल सुनार रहेको प्रहरी जानकारी दिएको छ । कुमालको शनिबार राति मृत्यु भएको थियो । झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना लगत्तै प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीको टोलीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।


