साँकेितक तस्बिर
चितवन । इच्छाकामना गाउँपालिका–४ रमाइलो डाँडास्थित सडकमा आज कारले ठक्कर दिदा बालिकाको ज्यान गएको छ ।
बा. ५ च २९४५ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने भरत थापाकी ५ वर्षीया छोरी आक्सा थापाको शनिबार ज्यान गएको मुग्लिन प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त कारले बा.प्र.०१–०२६ च ५११८ कारलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । दुवै कारका चालकलाई प्रहरीले नियनन्त्रणमा लिएको छ ।


