गोरखा । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नेपालका प्रतिष्ठित अनलाईन मिडियोको दुरुपयोग गरेर काँग्रेस र माओवादी बिच फाटो ल्याउने दुरासायले सामाजिक सञ्जालमा भ्रम फिजाइएको घटना गम्भीर राजनीतिक अपराध भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल र नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज संयुक्त वक्तव्य जारी गर्दै भ्रमपूर्ण निराधार, कपोलकल्पित र दुरासय राखेर गरिएको यस्ता कार्य प्रति खेद प्रकट गरिएको छ ।
‘काँग्रेस, माओवादी लगायतका गठबन्धनका पाँच दल बाम–लोकतान्त्रिक गठबन्धन प्रति पूर्ण प्रतिबद्ध र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन्, वक्तव्यमा भनिएको छ, निर्वाचनको अन्तिम घडीमा आम मतदाताहरुमा अन्यौल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टी गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनाको विश्वास नगर्न हामी आम नागरिकमा आवहन गर्दछौ’ जारी बिज्ञप्तीमा भनिएको छ ।
वक्तव्यमा यो दुरासयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवंम उमेद्वार समेतले स्थिर अबधीको मूल्य मान्यता बिपरित सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध भएको भन्दै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उमेद्वारी खारेजीसम्मको कडा कानुनी कारवाही लागि निर्वाचन आयोगको गम्भीर ध्यानकर्षण समेत गराइएको छ ।
साथै अपराधपूर्ण उक्त कार्यमा सलंग्न व्यक्तिको खोजी गरी कानुनी कारवाहीका लागि समेत दुवै पार्टीले सरकारसंग जोडदार माग गरेको छ ।




