बारा । जिल्लाको इटयाहीमा आफ्नै बुवाको हत्या गरेको आरोपमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिश्रामपुर गाउँपालिका–५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवान रहेको प्रहरीले पुष्टी गरेको छ ।
बारा प्रहरीका अनुसार कात्तिक २७ गते राति आफ्नै ५० वर्षीय बुबा शुकर पासवानको हत्या गरेको अभियोगमा प्रदेशिकलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउराको चिर्पटले हान्दा गम्भीर घाइते भएका थिए । घाईते बुवाको शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
शुकरको मृत्यु लगत्तै प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको बारा प्रहरीले जानकारी दिएको छ ।


