गोरखा । निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो ।
निमोनिया भनेको के हो ?
निमोनिया भनेको फोक्सोमा हुने संकमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ । कडा निमोनियाले मृत्यु पनि हुन सक्छ ।
निमोनियाको रोकथाम तथा मृत्यु घटाउन प्रभावकारी उपायहरु :
१) बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने । आमाको दुधको साथै थप खाना खुवाउने ।
२) नियमित खोपहरु लगाउने ।
३) नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने ।
४) धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने ।
निमोनियाको उपचार :
१) निमोनियाको उपचार शिघ्र र सही औषधीबाट गर्नु पर्दछ ।
२) शिघ्र र सही औषधी उपचारले निमोनियाबाट हुने अधिकारी मत्युलाई रोक्छ ।
कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पुरर्याउन जरुरी छ ।
कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ ?
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरुमा निमोनिया हुने सम्भावना बढी हुन्छ । खाना पकाउँदा निस्कने घरभित्रको धुँवा र धूम्रपान गर्दा निस्कको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढाउँछ ।
निमोनियाको चिन्ह तथा लक्षणहरु के के हुन् ?
- ज्वरो आउने
- शरीरमा काँढा उम्रने र कम्पन आउने
- छिटो छिटो सास फेर्ने
- श्वास फेर्न कठिन हुने
- श्वास लिँदा र छोड्दा अस्वभाविक आवाज आउने
- कोखा हान्ने
- झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्री चुस्न नसक्ने
- धेरै सूति रहने वा ब्युँझाउन गाह्रो हुने
- नाकबाट सिँगान बग्ने
- खोकी लाग्ने


