काठमाण्डौं । नेपालमा भएको क्रिकेटको सट्टेवाजी खेल्ने ४४ जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
नेपाल र युएईबीच त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
भारतमा दर्ता रहेका बिभिन्न अनलाईन साईटहरुमार्फत व्यावसायिक रुपमा अनलाईन सट्टेबाजी खेलि–खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले अनलाईन लाईभ सट्टेबाजी खेलिरहेका उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिरुद्व जुवा ऐन अन्तर्गत कारवाहीको लागि अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।




















