सुनसरी । ईटहरीको एक उद्योगमा पंखा चलाउने क्रममा करेन्ट लागेर १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ईटहरी उपमहानगरपालिका–१० संविधान चौकस्थित किरण फिङगर उद्योगमा काम गर्ने मोरङ विराटनगर उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय सनोज कुमार कामत रहेको प्रहरीले पुष्टी गरेको हो ।
कामतले मेसिनको पङखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।


