साँकेतिक तस्बिर
कालीकोट । जिल्लाको मोरकोट लुसास्थित भीरबाट लडेर १ युवकको ज्यान गएको छ । दिदीलाई आफ्नो घर पुर्याई फर्कने क्रममा सान्नित्रीवेणि गाउँपालिका–२ सेरिज्युला बस्ने २० वर्षीय भिम तिरुवा भीरबाट लडेर मृत्यु भएको हो ।
भिमले आफ्नी दिदीलाइ नरहरिनाथ गाउँपालिकास्थित घरमा पुर्याई आफ्नो घरतर्फ फर्कने क्रमर्मा सान्नित्रीवेणि गाउँपालिका–१ मौरकोट लुसास्थित भीरबाट लडेर मंगलबार मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भिमको घटना स्थलमा नै मृत्यु भएको हो ।




















