साँकेतिक तस्बिर
ललितपुर । २ जना नाबालिकालाई बलात्कार गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाले ति बालिकाहरुलाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बालिकाको आफन्तलको उजुरीका आधारमा प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




















