तनहुँ । जिल्लाको कादीमा रड प्रहार गरेर युवकको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गौरीशंकर नगरपालिका–५ बगरवा घर भई शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका–२ क्वादी बस्दै आएका २५ वर्षीय नबिन कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
कादीकै २४ वर्षीय विरम आलेलाई रड प्रहार गरी हत्या गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासी रडले प्रहार गर्दा गम्भीर घाइते बनाएका थिए । घाईते आलेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
भटना लगत्तै ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको थियो ।




















