रौतहट । कचोर्वाबाट नेपाली नक्कली नोट सहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरील मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित ६ जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनुकुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित नियन्त्रणमा लिएको रौतहट प्रहरीले जानकारी दिएको हो ।
पक्राउ परेकामध्ये मौलापुर नगरपालिका–६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको नक्कली नोट र कटुवा पेस्तोलको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


