झापा । बुधबारे बजारमा ब्यवसाय गरी बस्ने एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई प्रहरीले पक्राउ गरेको हो ।
रघुनाथले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।




















