सिन्धुली । जिल्लाको ठाटी कमलेश्वर महादेव मन्दिरमा सुरक्षार्थ खटिएका प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा ८ जना युवकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा सुरक्षा ड्युटी खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायतका ८ जना युवकलाई प्रहरीले गएराति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका ति युवाहरूले सुरक्षामा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गरेको, प्रहरीको हतियार खोस्ने प्रयास गरेको तथा अभद्र व्यवहार गरेपश्चात ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न अन्य केही फरार व्यक्तिहरूको ब्यापक रुपमा खोजी भई रहेको प्रहरीले जनाएको छ ।


