बाजुरा । जिल्लाको अगाउँपानीमा आज आगोले जलेर ५ महिनाको शिशुको मृत्यु भएको छ । आगोमा जल्दा बुढिनन्दा नगरपालिका–९ अगाउँपानी बस्ने ज्ञानेन्द्र धामीको छोरा ५ महिनाको छोरा रियन्स धामीको मृत्यु भएको हो ।
भान्सा नजिकै सुताई राखेको अवस्थामा एक्कासि आगो शरीरमा सल्किएर जल्दा गम्भीर घाइते भएका शिशुको उपचारको लागि जिल्ला अस्पताल बाजुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बाजुरा प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


