ओखलढुङगा । आफ्नै श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका(११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राई भएको प्रहरीले पुष्टी गरेको छ ।
राईले आफ्र्नै ३३ वर्षीया श्रीमती कल्पना खड्का राईको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी रामबहादुरले सामान्य विवादमा आफ्नै श्रीमतीलाई दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।



