काठमाण्डौं । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।
यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण समेत सकिएको आयोगले जनाएको छ ।
त्यस्ता केन्द्रमा मतदान गर्ने तरिका, ब्रेल लिपी समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण तथा ह्वीलचेयर प्रवेश गर्न सक्ने खालको मतदान केन्द्र निर्माण गरिने भएको हो ।
आयोगले अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने भएको जनाएको छ ।


