गोरखा । नवलपुरको जयश्रीपुलमा आज बिहान बस दुर्घटना भएको छ । भारतबाट पशुपती दर्शनका लागि आएको उक्त बस बिहीबार विहान दुर्घटना हुदा चालक सहित २२ जना घाईते भएका छन् ।
भारतीय नम्बर प्लेटको उक्त बस गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
भारतको गुजरातबाट बस आज बिहान ५ः१५ बजे पल्टिएको थियो ।
घाइतेहरू सबैलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।


