एजेन्सी । उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यास नगर्न चेतावनी दिदै उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो ।
पूर्वी तटबाट समुन्द्रतर्फ कम्तीमा ३ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । मिसाइलको आवाज दक्षिण कोरियामा समेत सुनिएको थियो ।
विहान ९ बजेअघि नै मिसाइलहरू प्रहार गरिएको थियो । मिसाइल प्रहार पछि उसले हवाई आक्रमणको चेतावनी दिएको छ ।




















