×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

च्याम्पियन्स लिगमा बायर्नको जित

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । बायर्न म्युनिखले च्याम्पियन्स लिगमा समूह चरणको सबै खेलमा जित निकालेको छ । बायर्नले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा इन्टर मिलानलाई २–० गोलले हरायो ।

    समूह ‘सी’ बाट यसअघिनै नकआउट चरणमा पुगिसकेको बायर्नको जितमा बेन्जामिन पभार्डले ३२औं र इरिक म्याक्सिम चोउपु मोटिङले ७२औं मिनेटमा गोल गरेका थिए । जितसँगै शीर्षस्थानमा रहेको बायर्नले समूहमा ६ खेलबाट १८ अंक बनाउन सफल भएको छ ।

    दोस्रो स्थानमा रहेको इन्टर मिलान पनि १० अंक जोड्दै नकआउट चरणमा पुगेको छ । ७ अंक बनाएको बार्सिलोना तेस्रो हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

    बार्सिलोना युरोपा लिगमा भने छनोट भएको छ । मंगलबार रातिनै भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्लिजेनलाई ४–२ गोलले हराउँदै च्याम्पियन्स लिगमा सुखद अन्त्य गरेको हो । कुनै पनि अंक नल्याएको भिक्टोरिया प्लिजेन अन्तिममा परेको छ ।

    यसैगरी समूह ‘ए’ को खेलमा लिभरपुलले नापोलीलाई २–० गोलले हराउन सफल भएको छ । लिभरपुलले नापोलीको अपराजित यात्रामा अन्तिममा आएर पूर्णविराम लगाएको हो । हारेपनि नापोली शीर्षस्थानमा रहँदै अघिल्ले चरणमा पुगेको छ ।

    लिभरपुले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ । यस समूहमा ६ अंक बनाएको आयाक्स तेस्रो भएको छ । मंगलबार राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ गोलले हराएको थियो । अंकविहिन रेन्जर्स अन्तिममा परेको छ ।

    टोट्टनहामाले समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ । मंगलबार राति भएको समूहको अन्तिम खेलमा टोट्टनहामले मार्सेलीलाई २–१ गोलले हराउन सफल भयो । यही समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टीङ सिपिलाई २–१ गोलले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

    शीर्षस्थानमा रहेको टोट्टनहामले ६ खेलबाट ११ अंक बनायो । उपविजेता फ्रान्कफर्टले १० अंक जोडन सफल भएको छ । ७ अंक बनाएको स्पोर्टीङ तेस्रो र ६ अंक बनाएको मार्सेली अन्तिममा रहेको छ । त्यसैगरी समूह ‘बी’ बाट एट्लेटिको म्याड्रिड बाहिरिएको छ । एट्लेटिको पहिलो पटक च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

    मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा एट्लेटिको एफसी पोर्टोसँग २–१ गोलले पराजित भएको थियो । जितसँगै शीर्षस्थानमा रहेको पोर्टोले १२ अंक र दोस्रो स्थानमा रहेको क्लब बर्गले ११ अंक जोड्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

    तेस्रो स्थानमा रहेको बायर लिभरकुशेन र अन्तिममा रहेको एट्लेटिकोले समान ५–५ अंक बनाएका छन् । मंगलबार भएको खेलमा लिभरकुशेन र क्लब बर्ग गोलरहित बराबरीमा रोकिएको थियो ।

    तस्बिर एएफपी

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.