काठमाण्डौं । काठमाण्डौंको तिलगंगामा आज बसले ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा घर भई काठमाण्डौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधब पाण्डेको भएको प्रहरीले पुष्टी गरेको छ ।
काठमाण्डौं महानगरपालिका–८ को तिलगंगास्थित सडकमा मंगलबार बा. ४ ख ९३९६ नम्बरको बसले बा. ९२ प ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाण्डे गंभिर घाईते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाण्डौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भईरहेको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।


