ललितपुर । आफ्नै श्रीमतीको हत्या आरोपमा ललितपुरको नख्खुडोल भैसेपाटीबाट १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका–१ का २९ वर्षीय राम कुमाल रहेको ललितपुर प्रहरीले पृुष्टी गरेको छ ।
उनले आफ्नै २८ वर्षीया श्रीमती जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
वसन्तीको कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपछी प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।



