रुपन्देही । ओमसतिया गाउँपालिका–४ पननीस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट सोमबार साँझ ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ओमसतिया गाउँपालिका–४ पननी बस्ने १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र २४ वर्षीय वन्धना कुर्मीको ३५ दिनको छोरा नाम नखुलेको बच्चाको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका सिमा कुर्मीको भिम अस्पताल भैरहवामा, प्रमिला कुर्मीको मेडिकल कलेज भैरहवा र वन्धना कुर्मीको छोराको मेडिकल कलेज भैरहवामा उपचार क्रममा मृत्यु भएको थियो ।
सोही कारको ठक्करबाट घाइते भएका अन्य २ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
घटना लगत्तै फरार रहेका कार र चालकको प्रहरीले ब्यापक रुपमा खोजी भईरहेको छ ।


