साँकेतिक तस्बिर
मोरङ । मौवा खोलामा छटमेला हेर्न गएका १ जना युवकमाथी चक्कु प्रहार गरी हत्या भएको छ । हत्या आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको चक्कु प्रहार हुदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
हत्या गरेको अभियोगमा प्रहरीले सोमबार मात्रै ५ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
उर्लाबारी नगरपालिका–७ को मौवा खोलामा लागेको छठ मेलामा गएको बेलामा उनीहरूको दियुसलाई छुरा प्रहारबाट गम्भीर घाइते भएका थिए । दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


