सन्दर्भ तस्बिर
कञ्चनपुर । जिल्लाको असैनामा धान चुट्ने क्रममा थ्रेसर मेशिनमा परेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाटा नगरपालिका–४ असैनाका ४७ वर्षीया सिमना रानाको मृत्यु भएको कन्चनपुर प्रहरीले जनाएको छ ।
से. १ त ४९३८ नम्बरको ट्याक्टरको थ्रेसर मेसिनमा धान चुट्ने क्रममा मेसिनमा परी सोही ४७ वर्षीया रानाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


