खोटाङ । आपसी विवाद हुदा भतिजोले काकाको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईले आफ्नै काका ५९ वर्षीय मान बहादुर राईलाई खुकुरी प्रहार गरी हत्या गरेको खोटाङ प्रहरीले पुष्टी गरेको हो ।
घटना लगत्तै प्रहरीले पत्थरमानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मादक पदार्थ सेवन गरेका पत्थरमानले काका संग विवाद गरेर खुकुरी प्रहार गर्दा मान बहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




















