साँकेितक तस्बिर
गोरखा । ७ र १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका–१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
दाहालले मादक पदार्थ सेवन गरी ती बालिकालाई जबरजस्ती करणी उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै गरी, अर्घाखाँचीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमिकास्थान नगरपालिका–६ बराहचौर बस्ने ५९ वर्षीय नुमबहादुर पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पुनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खिल्जिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनामा संलग्नलाई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



