फाईल तस्बिर
गोरखा । २०७९ सालको भाइ टीकाकाे साइत कार्तिक १० गते ११ः३७ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार कार्तिक १० गते ११ः३७ टिका लगाउँदा उत्तम हुनेछ ।
समितिले सूचना जारी गर्दै यमद्वितीया भाइटीका (किजापूजा) गर्दा टीका लगाउने उत्तर फर्किने र लगाइदिने दक्षिण फर्किएर लगाउदा झनै उत्तम हुने समितिले जनाएको छ ।
आजको दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त हुने पनि समितिले जनाएको छ ।



