×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सयपत्री फुलको बजार खोज्दै किसान

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अशोक विश्वकर्मा

    तनहुँ । यस बर्षको तिहार भोलीबाट सुरु हुदैछ । तिहारलाई फुलैफुल र उज्यालो पर्वको रुपमा समेत चिनिन्छ । यो पर्वमा भाई टिकाको साथमा लगाईने सयपत्री र मखमली फुलको खपत अत्याधिक हुने भएपनि फुल खरिद गर्न ब्यापारीहरु किसान समक्ष नपुग्दा पुष्प ब्यवसाय गर्ने तनहुँका किसान चिन्तामा छन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा ब्यवसायिक रुपमा सयपत्री फुलको खेति गर्दै आएका किसान तिहार नजिकीदै गर्दा बजारको खोजीमा छन् । शुक्लागण्डकी नगरपालिका ८ डहरेकी मञ्जु श्रेष्ठले रहरै रहरमा यो बर्ष २ रोपनी क्षेत्रफलमा लगाएको फुल नविक्ने हो कि भन्ने चिन्ता रहेको बताउभयो । ‘बजार आफै कसरी खोज्नु, अलि अलि फोनमा लिन आउछु भन्नेहरु छन् अरु कसरी विक्री गर्ने ?’ उहाँले भन्नुभयो । ‘किसानलाई बजारको चिन्ता नहुने भएमात्र कृषिमा आकर्षण हुन्छ ।’ किसानको उत्पादन विक्री गर्न सरकारले बजार खोजिदिनुपर्ने उहाँको तर्क छ ।

    यता भिमाद नगरपालिका ८ भागरमा तीन युवाहरुले सामुहिक रुपमा लगाएको सयपत्री पूर्ण रुपमा फक्रिएको छैन । तिहार आईसक्दा पनि ७० प्रतिशत मात्र फुल फुलेपछि लक्ष्य अनुसारको ब्यापार नहुने पो हो कि भन्ने चिन्ता उनीहरुलाई छ । गत बर्ष समेत फुल खेति गरेका सागर विकले यस बर्ष आफ्नो उत्पादन आफै विक्री गर्ने लक्ष्य लिएपनि बजार ब्यवस्थापनमा समस्या रहेको सुनाउनुहुन्छ । बजारमा विक्रीकेन्द्र राख्ने ठाउँ समेत पाउन मुस्किल परेको बताउदै उनले स्थानीय किसानको समस्या समाधानमा सरोकारवालाले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

    वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर पुष्प खेतिमा लागेका विष्णु राना, अमृत कुमाल र विकले स्थानीय सरकारले किसानलाई प्राथमिकता नदिएको गुनासो गर्दछन् । फुल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा समेत मौखिक निवेदन दिएपनि सकरात्मक प्रतिक्रिया नपाएको उनीहरुको गुनासो छ । उनीहरुले यस बर्ष झण्डै ३ रोपनी क्षेत्रफलमा सत्रपत्री खेति गरेका छन् ।

    सोही वडामा पछिल्ला केही बर्षदेखि फुल खेति गर्दै आएको गोविन्द अधिकारीलाई पनि बजारको समस्या छ । सामाजिक सञ्जालमा देखेकै भरमा स्थानीय क्षेत्रमा हुने कार्यक्रममा न्यून संख्यामा माला खपत भएपनि फुलेका सवै फुल खपत गर्न बजार नपाएको उहाँ बताउनुहुन्छ । अधिकारीले उत्पादन गरेका फुल खपत हुने आधार फोन र म्यासेज भएपनि अन्य क्रेताहरु भने पुगिसकेका छैन । गत बर्षको मुल्यमा नै सयपत्री विक्री गर्दै आएका उनले समेत स्थानीय सरकारले आफुहरुजस्ता नमूना र ब्यवसायिक फुल खेति गर्ने किसानलाई नजरअन्दाज गरेको बताउनुभयो । ‘वडा कार्यालयको आँगनमै फुल खेति छ तर कुनै पनि प्रतिक्रिया हुदैन’ उहाँले भन्नुभयो ।

    यस बर्ष लामो समय खडेरी पर्नुका साथै लामो बर्षातका कारण यहाँका किसानले लगाएको फुल आंशिक मात्रामा फुलेका छन् । पारिलो क्षेत्रमा सयपत्री छिटो फुल्ने भएता पनि अत्याधिक बर्षाका कारण सवै फुल तिहारमा नफुलेको कृषक श्रेष्ठले बताउनुभयो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.